ओम हस्पिटलको सेवा अब मोवाइल एप्सबाटै थाह हुने
काठमाण्डौं – आफ्ना सेवाबारे आम सर्वसाधारणलाई सहज रुपमा जानकारी दिन चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले मोवाइल एप्स सुरु गरेको छ ।
हाम्रो हस्पिटल नामक उक्त एप्समा अस्पतालसंग सम्बन्धित र स्वास्थ्य सेवाबारे सबै जानकारी पाइने बताइएको छ ।
नेपालमा बिभिन्न सस्थाहरु संग सम्बन्धित मोबाइल एप तयार भैसके पनि हस्पिटल र उसले दिने सेवा सुबिधाका बारेमा आधिकारीक जानकारी दिने गरी बनेको यो पहिलो मोबाइल एप भएको हस्पिटलको दाबी छ ।
के–के छ मोबाइल एप्समा ?
हस्पिटलले तयार पारेको मोबाइल एप्समा ओम हस्पिटलले दिने सेवा सुबिधा थाहा पाउन सकिने छ । बिरामीहरुले आफ्नो स्वास्थ्यका बारेमा सम्बन्धित चिकित्सकहरुको सल्लाह सहित स्वास्थ्य जाँच गराउने समय एप्सबाटै लिन सक्नेछन् ।
एप्समा एम्बुलेन्स, रक्तसंचारकेन्द्र, अस्पताल इमर्जेन्सी नम्बरहरु राखिएका छन् । त्यस्तै अस्पतालमा भएका सबै सेवा सुबिधा र सबै प्रकारका चिकित्सकहरु एप्समा समाबेश भएकाले एपको माध्यमबाट सेवा लिन सक्नुहुने छ ।
त्यसैगरी आवश्यकता अनुसार अस्पतालको ९८६२७९००५० नम्बरमा एसएमएस गरी डाक्टरहरुका बारेमा समय बुझ्न र लिन सकिने छ । यसैगरी अस्पतालले www.omhospitalnepal.com का माध्यमबाट अनलाइन नाम दर्ता सेवा पनि उपलब्ध गराएको छ ।
thank you,
The venusivf is well established and recognized internationally has achieved best results for its IVF services.http://venusivf.com/
nice information, this information is very useful to me. anybody wants extra informaton visit our website
nice info, for more info visit our website