यी हुन् बाक्लो रौँले छोपिएकी १२ बर्षीया बालिका ‘बिठी’

bithi

एजेन्सी – बंगलादेशकी एक १२ बर्षीया बालिकाको शरीर भरी (टाउको देखी खुट्टासम्म) बाक्लो रौँ ले ढाकिएको छ । टङ्गाल जिल्लाकी बिठी अख्तरलाई जन्मजात ‘वेयर उल्फ सिन्ड्रोम’ भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिकित्सकहरु भने बालिकामा ‘हिर्सुटिज्म’ नामक समस्या पनि हुन सक्ने सम्भावना देखाउछन् । ‘हिर्सुटिज्म’ शरीरमा अनवाश्यक रौँ आउनु र बाक्लिनुको चिकित्सा भाषाको नाम हो ।

२७ बार्षीय उनकी आमा व्यूटी अख्तर भन्छिन्, ‘जन्मदा नै मेरी छोरीको शरीरभरी बाक्लो कालो रौँ ले ढाकिएको थियो । त्यतिवेला नै हामीले अस्पतालमा र चिकित्सकको मद्धत मागेका थियौँ तर यसको समाधान हुन सकेन् । तर अहिले भने रौँहरु अझै बढ्न बन्द भएका छन् ।’

bithi1

तर गतवर्ष किशोरअवस्थाको सुरुवातमा बिठीको स्तन बढ्न थाल्यो र दुखको कुरा यो अति नै अप्राकृतिक थियो । र एक बर्षको समयभित्र यसको आकार निकै ठूलो भयो र उनसलाई बस्न , हिड्न तथा आफ्नै तौलभार सम्हाल्न समेत मुस्किल हुन थाल्यो । फलस्वरुप मेधावी विद्यार्थी हुँदा हुँदैपनि उनी स्कुल जान पाइनन् ।उनका परिबारका अन्य सदस्यमा भने यस्तो समस्या छैन् ।

सामान्य आर्थिक अवस्था भएका उनीहरुले ऋणको जोहो गर्दै विठीलाई बंङगबन्धु शेख मुज्म मेडिकल कजेलमा भर्ना गराएका छन् ।अस्पतालका हार्मोन विशेषज्ञ डा फारिद उदिन भन्छन् , ‘यो अप्राकृतिक हार्मोनल अवस्था हुन सक्छ । यसको हामी जाँच गर्दैछौँ  र आशा गरौँ बिठीको समस्या चाँडै नै ठिक हुनेछ ।’

bithi2

bithi3

-डेलीमेलबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *