दोस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन राजधानीमा सुरु

midwifeकाठमाडौँ – मिडवाइफ्री सोसाईटी अफ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको रयाडिसन होटलमा सुरु भएको सो सम्मेलनमा स्वदेशी तथा विदेशी गरी २५० जनाको सहभागिता छ ।

सम्मेलनको उदघाट्न गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले गर्भवती र नवजात शिशुको अकाल मृत्यु रोक्नका लागि मिडवाइफको जरुरी रहेको बताए । उनले नेपालमा अहिलेसम्म सो सम्वन्धी औपचारिक शिक्षा नभएको बताउदै निकट भविस्यमै केही सरकारी शिक्षण संस्थाहरुमा यसको पढाई सञ्चालन गर्ने कुरा सुखद रहेको बताए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा काठमाडौँ मेडिकल कलेजले यससम्वन्धी पढाई सुरु गर्ने तयारीमा छन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. पुष्पा चौधरीले मिडवाइफ्रीको भूमिका शहरमा भन्दा गाँउमा बढी आवश्यकता भएको बताइन् । उनले ग्रामिण क्षेत्रका गर्भवती सुत्केरी, नवजात शिशु र बालबालिका जोगाउनका लागि मिडवाइफहरुले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइन् ।

मिडवाइफ्री सोसाईटी अफ नेपाल ( मिडसन)का अध्यक्ष प्राध्यापक किरण बज्राचार्यले नेपालमा एक दशक देखी मिडवाइफ्री शिक्षाको लागि पहल भइरहेको भन्दै यसबर्ष देखि सो प्रयासले सार्थकता पाउने दावी गरिन् ।

उनले गतवर्षको भूकम्प पछि गर्भवति, सुत्केरी र नवजात शिशु जोगाउन अनमी, स्टाफनर्स जस्ता तालिमप्राप्त मिडवाइफ्रीहरुले धेरैनै ठूलो भूमिका खेलेको भन्दै मिडवाइफ नै पढेर आएका जनशक्ति भए अझ बढी प्रभावकारी हुने बताइन् ।

भोलिसम्म चल्ने मिडसन सम्मेलनमा भूकम्प पछिको मिडवाइफ्री शिक्षाको आवश्यकता, यौन तथा प्रजनन स्वास्थ्यमा मिडवाइफहरुको भूमिका, मिडवाइफ्री शिक्षाका लागि भएको प्रयास र गर्नुपर्ने काम लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत हुदैछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *