नख्खु कारागारमा अल्काको स्वास्थ्य शिबिर

alka1

ललितपुर – नख्खुस्थित कारागारमा अल्का अस्पतालले गरेको निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ३५ जना कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ ।

लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए टु को सहयोगमा आइतवार गरिएको स्वास्थ्य शिबिरमा कारागारमा रहेका सम्पुर्ण केन्दीबन्दीको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी समेत निशुल्क बितरण गरिएको थियो ।

शिबिरमा हाड जोर्नि तथा नशा रोग, नाक कान तथा घा“टी, मानसिक रोग तथा छाला रोग बिशेषज्ञ चिकित्सकहरुले कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिबिरमा सहभागी मानसिक रोग बिशेषज्ञ डा.प्रदीप पाण्डेले परीक्षण गरिएका मध्ये केहीमा टाउको दुख्ने, निन्द्रा नपर्ने, मनमा कुरा खेलाउने र डिप्रेसनको समस्या पाइएको बताए ।

कतिपय कैन्दीबन्दीमा छाला रोगको समेत समस्या पाइएको छाला रोग बिशेषज्ञ डा. अमित अमात्यले बताए । उनीहरुलाई कम्तीमा १५ दिनदेखी एक महिनासम्मको औषधी समेत बितरण गरिएको अस्पालका अध्यक्ष कुमार थापाले बताए ।

शिबिरमा हाडजोर्निसम्बन्धी बिशेषज्ञ डा. आर्जन केसी, जनरल फिजिसियन डा. महेश दाहाल, छाला रोग बिशेषज्ञ डा. अमित अमात्य र नाक कान तथा घा“टी रोग बिशेषज्ञ डा. शास्वत कटुवालले कैन्दीबन्दीको स्वास्थ्य परीक्षण गरेका थिए ।

उक्त अवसरमा कैन्दीबन्दीहरुका लागी आइतवारदेखी संचालनमा आएको पुस्ताकालयका लागी अल्का अस्पतालले विभिन्न उपन्यास तथा स्वास्थ्य मूलक जानकारीसहितको किताव कारागार प्रशासनलाई उपलव्ध गराएको थियो ।

पुस्तकालयको कारागार प्रमुख चक्रपाणी गौतम, पुर्व जर्नेल राजेन्द्र थापा र अल्का अस्पतालका अध्यक्ष कुमार थापाले संयुक्त उद्घाटन गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *