‘आफ्नो जीवन छोटो छ भन्ने संकेत पाएका थिए सूर्यले’

surya ku chhetri

काठमाडौँ – पत्रकार एवं गीतकार सूर्यकुमार क्षत्रीको विहीबार राती सवा नौ बजे निधन भएको छ । छोटो समयमै पत्रकारिता एवं गीतसंगीतमा अव्बलस्थान बनाएका क्षत्रीलाई डेढबर्ष अघि ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।

त्यतिवेला माइतीघरस्थि अन्नपूर्ण न्युरो हस्पिटलमा बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तको टोलीले ट्युमरको अप्रेसन गरेको थियो । त्यसपछि थप रेडियसन उपचारका लागि क्षत्री भारत गएका थिए ।

सुरु देखी नै उपचारमा सम्लग्न डा. पन्तका अनुसार क्षत्रीको एकदमै अप्ठेरो ठाँउमा बढ्ने खालको ( हाइग्रेड ट्युमर) थियो । सुरुको अप्रेसन सफल भएपनि त्यसपछि ट्युमर बढि रहने भएकोले समस्या बल्झिरहने बताए ।

विहीबार विहान क्षत्रीलाई खोकी लागेको भन्दै उनका भाई डाक्टर पन्तलाई भेटन न्युरो हस्पिटल पुगेका थिए । तर बेलुका अस्पताल पुराउँदा पुराउदै उनको निधन ( व्लडडेथ) भएको थियो । डा. पन्तका अनुसार चिकित्सकहरुले हिजो उनको राम्ररी उपचार गर्नै पाएनन् ।

त्यसो त जटिल केस भएको र उपचारमा समेत अप्ठेरो हुनसक्ने भन्ने कुरा परिबारलाई पहिल्यै जानकारी भएको डा. पन्तले बताए । उनले सोको संकेत सूर्यले समेत पाएको जानकारी दिए ।

‘डेढ बर्ष अघि निकै अप्ठेरो ठाँउमा भएको हाइग्रेड ट्युमरको सफल अप्रेसन भएको थियो । तर त्यसपछि आएको रिपोर्टले हामीलाई हैरान बनाएको थियो । त्यो रिपोर्ट अनुसार यति लामो समय जाला भन्ने पनि लागेको थिएन । मलाई लाग्छ सूर्यको आत्मबलले यो सम्भव बनाएको हो । हामीले उतिबेलै उनका आमा बुबा र घरका अन्य सदस्यहरुलाई धेरै लामो समय छैन भनेर जानकारी दिएका थियौँ । त्यसको संकेत सूर्यले पनि पाएका थिए सायद,’ डा. पन्तले भने ।

‘धेरै गीत रचना गरेँ डा साब’
बेला बेलामा फलोअपमा आउने सूर्यले आफुलाई आफ्ना गीत संगीत र साहित्यको बारेमा बरोबर जानकारी गराउने गरेको डा. पन्तले बताए । भारतबाट फर्केपछि धेरै गीत कविताहरुको सिर्जना गरेको आफूलाई जानकारी दिएको बताए ।

‘मैले उनी साहित्यमा जमेको थाह पाएपछि सोध्ने गर्दथे । पछिल्ला पटकका भेटमा उनले भारतबाट फर्केपछि आफूले धेरै गीत कविता सिर्जना गरेको आफूलाई सुनाउने गरेको , धेरै गीत रचना गरेँ डाक्टर साव भन्दै आउथे,’ डा. पन्तले भने ।

पाल्पाबाट पत्रकारिता र गीत संगीतमा पाइला अघि बढाएका क्षति नेपाल प्रेस युनियनका सचिव, शिक्षा पत्रकार सञ्जाल नेपाल इजोनका सदस्य तथा नेपाली कला डटकमका सम्पादक थिए ।

सयौँ गीत लेखेका क्षत्रीको ‘के भनौ र खोई….. भन्ने गीत निकै चर्चित छ । स्याङ्जा पिँढीखोला स्थायी निवासी क्षत्रीका बाबु आमा श्रीमती र एक छोरा छन् ।

क्षत्री प्रति नेपालीहेल्थ डटकम परिबार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *