स्वास्थ्य बीमा जेठबाट बाग्लुङमा पनि सुरु हुने

baglung

काठमाडौँ – सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा आगामी जेठबाट बाग्लुङमा पनि सुरु हुने भएको छ । गत २५ चैत देखी नाम दर्ता सुरु गरेको कैलालीमा १ जेठ देखी स्वास्थ्य सेवा नै उपलव्ध गराउने तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा. गुणराज लोहनीले १ जेठमा कैलालीमा स्वास्थ्य सेवा प्रारम्भ गरेपछि बाग्लुङमा नाम दर्ता प्रक्रिया सुरु हुने बताए । उनले त्यसपछि तेस्रो चरणमा इलाममा सेवा सुरु गर्ने तयारी भएको जानकारी दिए ।

बाग्लुङ र इलाममा नाम दर्ता सुरु भएपनि सेवा भने भदौबाट मात्रै सुरु हुने बताइएको छ । सरकारले प्रतिपरिबार (५ जना)को २ हजार पाँच सय प्रिमियम तिरेर बार्षिक ५० हजारसम्मको स्वास्थ्य उपचार हुने व्यवस्था मिलाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *