निजी अस्पतालमा काम गर्दा गर्दै क्यान्सर अस्पतालका रेडियोलोजी विभागका प्रमुख सहित दुई पक्राउ

cancer hospitalचितवन – सरकारी अस्पतालको डिउटी समयमा निजी क्लिनिकमा गई काम गर्ने एक जना डाक्टर सहित दुई सरकारी कर्मचारी पक्राउ परेका छन् । त्यसरी पक्राउ पर्नेमा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. ज्ञानबहादुर श्रेष्ठ र टेक्निसियन जयनारायण झा रहेका छन् ।

उनीहरुले क्यान्सर अस्पतालमा हाजिर गरि चौविसकोठीस्थित एक निजी अस्पतालमा गएर काम गरेका थिए । उनीहरुलाई स्थानीय तहमा गठित क्यान्सर अस्पताल बचाउ अभियान संघर्ष समितिका सदस्यहरुले मध्यान्न साढे १२ बजे उनीहरुलाई चौविसकोठीस्थित चितवन हस्पिटल प्रालिबाट काम गर्दा गर्दै पक्राउ गरेका थिए ।

पक्राउ लगत्तै कानूनी कारबाहीका लागि प्रहरीलाई बुझाएपनि आइन्द त्यस्तो गल्ती नगर्ने कागज गरि अपरान्ह रिहा भएका छन् ।

स्थानीयले उनीहरुमाथि सरकारी अस्पतालका अत्यावश्यक र महंगा उपकरण विगारेर विरामीलाई निजीमा पठाउने र त्यसबापतको कमिसन खाने गरेको समेत आरोप लगाएका थिए ।

अस्पतालकै एक बरिष्ठ अधिकारीले एमआरआई, सिटीस्कयान लगायतका मेसिनहरु समेत विगारेर उनीहरु सुरु देखी नै विभिन्न निजी अस्तपालमा गई काम गर्ने गरेको बताए ।

‘सिटिस्क्यान विग्रेको दुई बर्ष जति भयो , एमआरआई थियो त्यो पनि दुई हप्ता अघि विगारे उनीहरुले काम गर्ने अस्पतलामा सिटि मेसिनहरु यथावत छ । त्यसैले लुकी लुकी त्यहाँ काम गर्न जान्छन् ।’  उनले अगाडी थपे, ‘सरकारी अस्पताललाई ध्वस्त बनाउन रेडियोलोजी विभागकै प्रमुख लागेका छन् । आज स्थानीयले पक्रेर राम्रो काम गरे । अन्य चिकित्सकलाई समेत निगरानी गर्नु जरुरी छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *