प्रसुतिगृहको चर्केको भवन भत्काउन थालियो, जाइकाले अत्याधुनिक भवन बनाइदिने

DSC00482 copy

काठमाडौँ – गतवर्ष भूकम्पले चर्काएको थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको चार तले मुख्य भवन धमाधम भत्काइदै छ । सो ठाँउमा जापानी सहयोग नियोग जाइकाले तीन तले अत्याधुनिक भवन बनाइदिने भएको छ ।

भवन भत्काउन अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सहयोग गरेको छ । आइओएमले अत्याधुनिक उपकरण प्रयोग गरि भवन भत्काएको छ ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले भवन भत्काउने काम एक तिहाई मात्रै बाँकि रहेको बताए । मुख्य भवनको पूर्वी भाग केही दिन अघि भत्काएको आइओएमले पश्चिम तिरको भाग आइतबार दिउसो भत्काएको छ । अत्याधुनिक प्रविधिको सहयोगमा आइओएमले भूकम्पमा परेर भत्किएको घर जस्तै एकैपटक झरयाम झुरुम गरेर घर भत्काउने गरेको छ ।

कुल ४१५ बेड भएको प्रसुतिगृह अस्पतालमा अहिले भत्काएको मुख्य भवनमा मात्रै २६० बेड रहेको थियो । त्यसमा बर्थिङ सेन्टर, व्लड बैंक, इमरजेन्सी ल्याव,सुरक्षीत गर्भपतन सेवा, पोष्टअप वार्ड, जनरल बेड, क्याविन, पूर्वप्रसुति वार्ड तथा बच्चाको लागि एनआइसियु समेत थियो ।

भूकम्पले चर्काएपछि ती सबै विभाग पूर्वतर्फ रहेको एकेडेमिक व्लक, उत्तर र पश्चिम तर्फका व्लकहरुमा लगेर सञ्चालन गरिएको छ ।
निर्देशक गौतमले नयाँ भवन भत्काइसकेपछि आगामी जुनबाट भवन निर्माणको कार्य थालनी हुने र सुरु गरेको १५ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको निर्देशक डा. गौतमले बताए ।

नयाँ भवन बनेपछि त्यहाँ इमरजेन्सी कक्ष, लेवर रुम( प्रसुति कक्ष) बर्थिङ सेन्टर, अप्रेसन थिएटर (डेलिभरी र पाठेघर ) इमरजेन्सी ओटी, पोष्ट अप, व्लड बैंक, इमरजेन्सी ल्वाय, एनआइसियु सहित ४० वटा बेड समेत रहने बताए । उनले सोही भवनमा एकेडेमिक तथा फ्याकल्टीहरु समेत रहने उनले बताए ।

करीब १ अर्व ५० करोड रकम खर्र्चेर बनाउन लागेको सो भवनका लागि चाहिने अत्याधुनिक उपकरण समेत जाइकाले उपलव्ध गराउने सम्झौँता भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *