मृत्यु भइसकेककी महिलाबाट जन्माईयो बच्चा !

bbc

पोल्याण्ड – चिकित्सकहरुले मस्तिस्क मृत्यु भइसकेकी एक गर्भवती महिलाबाट सुरक्षीत रुपमा जिवित शिशु जन्माएका छन् । रोक्ल मेडिकल युनिभर्सिटीका चिकित्सकहरुले ब्रेड डेथ भइसकेकी गर्भवति महिलालाई ५५ दिन भेन्टिलेटर(लाइफसपोर्ट मेसिन)को सहायतामा पेटमा हुर्कदै गरेको शिशुलाई जिवित नै जन्माएका हुन् ।

गर्भवति भएको १७ हप्तामा अति ४१ बर्षीया ती गर्भवति महिलालाई अति गम्भीर ( उपचार नै नहुने) प्रकृतिको ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । त्यस लगत्तै परिबारले उपचारका लागि हस्पिटल पुरयाएका थिए ।

तर अस्पताल पुरयाउदा उनको मस्तिस्क मृत्यु भइसकेको थियो । परिबारले गर्भको बच्चा जिवितै जन्मियोस भनेपछि चिकित्सकले तत्काल भेन्टिलेटर( लाइफसपोर्ट मेसिन) दिन सुरु गरेका थिए ।

१७ देखी २६ औ हप्तासम्म लाइफसपोर्ट मेसिनको सहायतामा पेटमा शिशु हुर्काइरहेका चिकित्सकले त्यसपछि खतरा हुने भन्दै सिजेरियन गरी बच्चा निकालेका थिए । जब बच्चा पेटबाट निकालियो चिकित्कसहरुले ती गर्भवति महिलालाई दिएको लाइफसपोर्ट मेसिनको स्वीज अफ गरिदिए । र उनको औपचारिक रुपमा मृत्युको घोषणा गरियो ।

२६ औँ हप्तामा जन्मेका ती शिशुको तौल मात्रै एक किलो थियो । त्यसपछि अस्पतालले तीन महिनासम्म सो बच्चालाई एनआइसीयुमा राखेको थियो । तीन महिना एनआइसीयुमा विताएपछि तीन किलोग्राम तौल भएका सो बच्चा अहिले स्वस्थ रुपमा घर गएका छन् ।

अस्पतालका चिकित्किस मिस क्रोलाक ओइजेनिकले परिबारले जसरी पनि पेटको बच्चालाई सुरक्षति रुपमा जन्माउन चाहेपछि मस्तिस्क मृत्यु भइसकेकी महिलालाई लामो समयसम्म भेन्टिलेटरमा राखेको बताइन् ।

  • बीबीसीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *