काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टर औपचारिक रुपमा सञ्चालनमा

IMG_20160415_112858ललितपुर – मधुमेह तथा थाइराइडका विरामीलाई व्यवस्थित रुपमा विशेष उपचार सेवा प्रदान गर्न स्थापित काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालि शुक्रबारबाट औपचारिक सञ्चालनमा आएको छ । अल्का अस्पताल प्रालिको भगिनी संस्थाकोरुपमा स्थापित सो सेन्टर अस्पताल परिषरमै रहेको छ ।

शुक्रबार विशेष समारोहबीच स्वास्थ्य मन्त्री रामजनम चौधरीले सो सेन्टरको उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएको र मधुमेह तथा थाइराइडको अवस्था अझ भयावह बन्दै गएको नियन्त्रणको जनचेतनाको खाँचो रहेको बताए । उनले नसर्ने रोगको उपचारमा अर्बौ रुपैयाँ खर्च गरेको भन्दै अव रोग लाग्नै नदिने गरी रोकथामको काम गर्नुपर्ने बताए ।

पूर्वमन्त्री एवं फोरम लोकतान्त्रिकका नेता रामेश्वर राय यादवले शहरदेखी गाँउसम्म मधुमेहको जोखिम बढ्दै गएको भन्दै त्यसको रोकथाम र उपचारका लागि खुलेको सेन्टरले आम सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

IMG_20160415_115218

काठमाडौँ डाइविटिज तथा थाइराइड सेन्टरका अध्यक्ष समेत रहेका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले मधुमेह तथा थाइराइड रोगको विश्वस्तरीय सेवा प्रदान गर्नका लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको बताए । उनले आफूहरुले रोग पडतालका लागि उच्चस्तरीय जनशक्ति तथा उपकरणहरु व्यवस्था गरेको बताए । उनले अब मधुमेह तथा थाइराइड रोगको उपचारका लागि विदेश जान नपर्ने दावी गरे ।

सेन्टरका निर्देशक एवं मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. अंशुमाला जोशीले सेन्टरले उपचार र रोकथामका लागि काम गर्ने बताए । उनले सेन्टर औपचारिक रुपमा सञ्चालनमा आउनु अघि परिषर भित्रै तथा बाहिर गरी मधुमेह तथा थाइराइड जाँच सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । विश्वमा ४० करोड बढी मधुमेहका विरामी रहेको भन्दै डा. जोशीले यस्तै अवस्था रहे १५ – २० बर्षमा सो संख्या ६० करोड पुग्ने विश्व स्वास्थ्य संगठनको दावी रहेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख केदार पराजुलीले मधुमेह रोग खानपान र जीवनशैलीकै कारण हुने भन्दै यसको रोकथाम गर्न सकिने बताए । उनले शारीरिक अध्यास तथा स्वस्थ खानपान गरी रोग लाग्नै नदिने अवस्था ल्याउनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *