स्वास्थ्य तथा जनसंख्या बैज्ञानिक सम्मेलनमा पाँच जना उत्कृष्ठ पुरस्कृत
काठमाडौँ – दोस्रो राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या बैज्ञानिक सम्मेलनमा उत्कृष्ठ सोधपत्र प्रस्तुत गर्ने पाँच जना बैज्ञानिक पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेहरुमा बेष्टपेपर पोष्टर तर्फ उदयनारायण यादव, बेष्टपेपर ओरल तर्फ उद्धब सिग्देल पुरस्कृत भएका छन् । योङ रिसर्च अवार्ड रोशन थापा जितेका छन्, सिनियर सिर्सचर तर्फको अवार्ड महेश साह पुरस्कृत भएका छन् । आउटस्टान्डिङ सिल्भरजुव्ली अवार्ड भने युवराज पौडेलले जितेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा तीन देखी सञ्चालित दोस्रो शिखर सम्मेलनमा स्वदेश तथा विदेशका गरी ६ सय बढि बैज्ञानिकको सहभागिता थियो । सम्मेलन आज समापन भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



