पाँच दिन पछि पुग्यो झाडाबान्तास्थलमा औषधीसहितको चिकित्सक टोली
जाजरकोट – झाडाबान्ताको समस्या देखिएको पाँच दिनपछि बुधबार अपराह्न औषधीसहितको चिकित्सक टोली दशेरा गाविसमा पुगेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कृष्णबहादुर खत्री, डा. दिवस सापकोटा सहितको टोली प्रकोपस्थल पुगेको हो ।
झाडाबान्ताका बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मी रामबहादुर थापाका अनुसार मङ्गलबारभन्दा बुधबार झाडाबान्ताका बिरामीको सङ्ख्यामा कमी आएको छ ।
बुधबार सो क्षेत्रमा रहेर एसएलसी दिदै गरेका आठ जनाले झाडाबान्ताको औषधी खाँदै परीक्षामा सहभागी भएको थापाले बताए ।
सदरमुकामबाटऔषधीसहित स्वास्थ्यकर्मीको टोली प्रकोपस्थल पुगेपछि स्थानीयहरु केही ढुक्क भएका छन् ।