सिक्कलसेलको उपचार गर्न १० वटा अस्पताल सूचीकृत

sikkalsel copyकाठमाडौँ – पश्चिम तराईका थारुजातीमा देखिदै आएको सिक्कलसेल एनिमिया रोगको उपचारमा १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख बराबरको उपचार निशुल्क प्राप्त गर्दछन् ।

सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख रुपैयाँ सहुलियत दिने निर्णय गरेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका अधिकृत दयाराम न्यौपानेका अनुसार काठमाडौँको निजामति कर्मचारी अस्पताललाई रिफरल अस्पताल मानेर पश्चिमका १० वटा अस्पतालमा सिक्कलसेलको उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

उनले युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाको नविकरण हुन बाकी रहेपनि अरु सबै अस्पतालबाट निशुल्क रुपमा विपन्नको उपचार भएको बताए ।

पश्चिम नेपालका बाँके बर्दिया कैलाली, दाङ, कन्चनपुर र नवलपरासी लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायमा यो रोग देखा परेको छ ।

सन १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा सिक्कलसेलको संक्रमण भएको अनुमान गरिएको थियो । तर पछिल्लो समयमा यो रोगको प्रकोप बढेको छ ।

सिक्कल सेल एनिमिया के हो ?

sikkalsel1

नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोवास गरेका थारु समुदायको शरीरमा औलो रोग खेप्न सक्ने क्षमता विकास हुने क्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गएकाले अहिले यो अवस्था रोगको रुपमा सिर्जना भएको चिकित्सकहरु बताउँछन् ।

मानव शरीरमा पाईने रातो रक्त कोषिका आरवीसी प्राकृतिक रुपमा गोलाकार हुन्छन् तर सिक्कल सेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् ।

विशेष गरी सिक्कल सेल एनिमियाका विरामीमा जण्डिस, वाथ, शरीर दुख्नेलगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ ।

२ देखि ६० वर्ष सम्मका व्यक्तिमा यो रोग देखिएका छ । तर ११ देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कल सेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ ।

र यो पनि पढ्नुहोस्……

 सिक्कलसेल एनिमिया रोगबारे विशेष अनुसन्धान हुँदै

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *