सरकारले सिक्कलसेल एनिमिया रोगबारे विशेष अनुसन्धान गर्दै

नेपाली हेल्थ/ काठमाडौँ –Sickle-cell-anemia-1-copy_detail

सरकारले सिक्कल सेल एनिमिया रोगबारे विशेष अनुसन्धान गर्ने भएको छ । पश्चिम तराईका थारुजातीमा देखिदै आएको यो रोगको प्रकोप बढेसंगै सरकारले थप अनुसन्धान गर्न लागेको हो ।

यो रोगबाटट पश्चिम नेपालका बाँके बर्दिया कैलाली, दाङ, कन्चनपुर र नवलपरासी लगायतका जिल्लामा बसोबास गर्ने थारु समुदायमा यो रोग देखा परेको थियो ।

सन १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा सिक्कलसेलको संक्रमण भएको अनुमान गरिएको थियो । तर पछिल्लो समयमा यो रोगको प्रकोप बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले सिक्कल सेल एनिमियाबारे अध्ययन अनुसन्धान गरी रोग नियन्त्रणको उपाय अपनाउन निर्देशन दिएको बताए । उनले रोगबारे जाँचपडताल गर्न नेपालगञ्ज तथा धनगडीमा मेसिनहरु राख्ने तयारी भएको समेत जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सिक्कल सेल एनिमियाबारे बृहत अनुसन्धान गर्ने तयारीमा लागेको भन्दै त्यसबाट आउने नतिजाबाट थप कार्यक्रम अघि बढाइने बताए । सरकारले सिक्कल सेलबाट पिडीतहरुको उपचारका लागि एक लाख रुपैया उपलव्ध गराउदै आएको छ ।
सिक्कल सेल एनिमिया के हो ?

नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोवास गरेका थारु समुदायको शरीरमा औलो रोग खेप्न सक्ने क्षमता विकास हुने क्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गएकाले अहिले यो अवस्था रोगको रुपमा सिर्जना भएको चिकित्सकहरु बताउँछन् ।

मानव शरीरमा पाईने रातो रक्त कोषिका आरवीसी प्राकृतिक रुपमा गोलाकार हुन्छन् तर सिक्कल सेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् ।

विशेष गरी सिक्कल सेल एनिमियाका विरामीमा जण्डिस, वाथ, शरीर दुख्नेलगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ ।

२ देखि ६० वर्ष सम्मका व्यक्तिमा यो रोग देखिएका छ । तर ११ देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कल सेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *