एकै पटक पाँच बच्चाको जन्म

0
Shares

xfive_kids.jpg.pagespeed.ic.F5s6cWHDuLएजेन्सी – भारतको छत्तिसगढ सरगुजा जिल्लाको बिनाकार गाँउ निवासी २३ वर्षकी मनिका राजवाडेले एकै पटक पाँच वटा बच्चाको जन्म दिएकी छन् ।

अंबिकापुर जिल्ला अस्पतालमा दुई दिन अघि भर्ना भएकी मनिकाले आइतबार बिहान पाँच वटा बच्चाको जन्म दिएकी हुन् । ती पाँच वटै बच्चा छोरीहरु रहेका छन् । अहिले पाँचवटै बच्चा र आमाको स्वास्थ्य स्थिति राम्रो रहेको अस्पतालले जनाएको छ ।

सामान्यतया नौ महिनामा जन्मने बच्चाको औषत तौल २.५ किलोग्राम हुने गर्छ तर मनिकाले सात महिनामै पाँचा वटा बच्चालाई जन्म दिएकी छन् । पाँचैजना बच्चाको तौल १ किलो देखि १.५ किलोग्राम रहेको छ । अहिले सबै बच्चालाई सघन उपचार कक्षमा चिकित्सकको निगरानीमा राखिएको छ ।

मनिकाको पति महेश राजवाडेका अनुसार उनी पहिले पनि गर्भवती थिइन् तर बच्चाको सकुशल जन्म हुन सकेन । पाँच बच्चाका बाबु हुन पाएकोमा महेश खुसी पनि छन् तर खुसी संगै चिन्तित पनि छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *