तीतेकरेलाका यति धेरै फाइदा !

BITTER-GOURD-BG4719तीतेकरेला विशेष गरी तरकारी तथा अचार बनाउन उपयोगी हुन्छ । यसमा प्रशस्त मात्रामा एन्टीअक्सीडेन्ट नामक तत्व र भिटामिन पाइन्छ । करेलाको सेवन हामीले जुनसुकै अवस्थामा पनि गर्न सक्छौं । यसलाई जुस पनि बनाएर पिउन सक्छौं ।

हेरौं तीतेकरेलाका फाईदा के–के रहेछन् :

१. तीतेकरेलामा भरपूर मात्रामा भिटामिन ए, बी तथा सी पाइनुका साथै क्यारोटीन आइरन, बीटा क्यारोटीन, लूटीन, पोटासियम, म्याग्नेसियम पनि पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

२. श्वास सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । करेलाको जुस बनाएर पिउनाले फोक्सोसम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

३. शरीरमा हुने इन्फेक्सनबाट बचाउनुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउँछ ।

४. यसको सेवनले अनुहारको दाग हटाउनुका साथै छालामा हुने समस्याबाट बचाउँछ ।

५. करेलामा इन्सुलिनका साथै रसायन पाइने हुनाले मधुमेहका बिरामीले सेवन गर्नाले ब्लड सुगर लेवल कम गर्छ ।

६. करेलामा फाइवरको मात्रा हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ र कब्जियतको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

७. यसले रगतलाई स्वस्थ बनाउनुका साथै मिर्गौलामा हुने पत्थरीको समस्याबाट मुक्ति मिल्छ ।

८. यसको नियमित सेवनले शरीरमा कोलेस्ट्रोरेलको मात्रा कम गर्छ र हृदयघात हुनबाट बचाउँछ ।

९. तीतेकरेलामा एन्टीअक्सिडेन्ट नामक तत्व पाइन्छ जसले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *