‘करकोषको रकम नहुँदा सुर्तीको अनुगमनमा अप्ठेरो’

फाइल फोटो : रामकोटमा रहेको अवैध सुर्तीउद्योगमा काम गरेका महिला
फाइल फोटो : रामकोटमा रहेको अवैध सुर्तीउद्योगमा काम गरेका महिला

काठमाडौँ – जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले स्वास्थ्य करकोषको रकम निकासा नहुँदा सुर्तीजन्य पदार्थको बजार अनुगमन गर्न अप्ठेरो परेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले जिल्ला जिल्लामा पठाउने करकोषको रकम ८ महिना लागिसक्दा समेत नआएको भन्दै अनुगमनमा समस्या परेको गुनासो गरेको छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख अच्युत लामिछानेले आफूहरुले केही अनुगमन सुरु गरेपनि बजेट अभावमा प्रभावकारी हुन नसकेको बताए । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टोलीले अहिले काठमाडौँको बजार अनुगमन गरिरहेको दावी गर्दै उनले थप प्रभावकारी बनाउन तत्काल बजेट आवश्यकता रहेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक धु्रवकुमार अधिकारीले यसपटक मनोहरा, कलंकी, रामकोट, बालाजु, कमलपोखरी लगायतका क्षेत्रमा अनुगमन गरेको बताए । उनले चेतावनीमुलक चित्रांत्मक स्वास्थ्य सन्देश नराखेका खैनी तथा सुर्तीहरु नियन्त्रणमा लिइने, सजावट गर्न रोक्ने तथा जनचेतना जगाउने काम भएको बताए ।

सरकारकाले गत जेठ २ देखी सबै सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्रअंकित स्वास्थ्य संन्देश राख्नुपर्ने कानूनी व्यवस्था गरेपनि अहिलेसम्म उद्योगीहरुले अटेरी गर्दै आएका छन् । तर अनुगमन सुरु गरेको बताएको टोलीले मापदण्ड विपरीतको सुर्तीजन्य पदार्थ जफत गर्न सकेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *