संसारकै सबैभन्दा ठूलो ‘स्पर्म बैंक’ भित्र छिर्दा …..

1

डेनर्माक – क्रायोस इन्टरनेसनल नामक अफिस डेनमार्कको आर्हसस्थित एक सानो भवनको पाचौं तलामा छ । बाहिरबाट झट्ट हेर्दा अरु कार्यालय जस्तै छ तर तपाईँ जब त्यसको मुलढोकाबाट भित्र छिर्नुहुन्छ अनि मात्रै थाहा पाउनुहुन्छ यसको रहस्य । किनकी यो नै संसारकै सबैभन्दा ठूलो स्पर्म बैंक हो ।

फोटोग्राफर लार्क पोसेल्ट यो भवनमा कहिल्यै छिरेकी थिइनन् र यस्तो होला भन्ने कहिल्यै सोचेकी पनि थिइनन् । जव उनी फोटो खिच्नका लागि सो अफिसमा पुगिन उनी आश्चर्यचकित भइन् ।

2

क्रायोस इन्टरनेसनल नामक स्मर्प बैंकले संसारका ८० भन्दा बढी मुलुकमा स्मर्प निर्यात गर्छ । सोही स्पर्मबाट करीब २७ हजार बढी शिशुको जन्म भएको उसले जनाएको छ ।

यो संस्थाले स्पर्म उपलव्ध गराउने दातालाई प्रतिस्पर्म १५ डलर देखि ७६ डलर सम्म दिने गरेको जनाएको छ । र त्यहि स्पर्म प्रजनन् क्षमता र दाताको प्रोफाईल हेरी ४५ डलर देखि १ हजार १३७ डलर सम्ममा बेच्ने गरेको छ ।

3

यो एक ठूलो व्यावसाय भइसकेको छ तर अझै पनि गोप्य रुपमै चलाइएको छ । फोटोग्राफर पोजेल्ट भन्छिन्, ‘यो ठाँउका मानिसहरुलाई यसको बिषयमा थाहा भए पनि एक अर्कासंग यो बिषयमा कुरा गर्दैनन् । तर क्रायोस इटरनेसनलको कार्यालय भित्र कर्मचारी तथा दाताबीच कुनै हिचकिचाहट थिएन । यो एक प्रोफेसनलले भरिएको कार्यालय थियो जहाँ सबैले आफ्नो आफ्नो कम गरिरहेका थिए ।’

फोटोको लागि पोज दिनुभन्दा अगाडि स्पर्म बैंक मालिक ओले चाउ आफै पनि चाँदी रंगको स्पर्म आकारको एक पिन लगाएर तयार भए  । पोजेल्ट भन्छिन्, ‘तिनीहरुको लागि स्पर्मको काम एक दिनचर्या नै हो । यो तिनीहरुको काम हो , जागिर हो । र सबैले आफ्नो काम बिना हिकिचाहट गरिरहेका थिए ।’

4

‘स्पर्म बैंक सफा छ र अत्याधुनिक छ । भित्ताहरुमा स्वस्थ बच्चाका तस्वीरहरु झुण्ड्याइएका छन् । स्पर्मदाता कक्षमा भने लामो खुट्टा भएका महिलाको क्भिेज तथा पछाडिको कर्भहरुहको तस्वीर देखिन्छन् ‘ फोटोग्राफर पोजेल्ट भन्छिन्,’म दुई अलग संसार देख्छु – एक स्पर्म बैंक बाहिरको संसार जहाँ सेक्सबाट मानिसले बच्चा जन्माउँछन् । र दोस्रो स्पर्म बैंक भित्र जसले बच्चा हुन नसकेकालाई स्पर्म प्रदान गरी तिनीहरुको बच्चाको चाहना पुरा गरिदिन्छ ।’

5

उनी भन्छिन् , ‘त्यो एक उल्लासपूर्ण यात्रा थियो ती भविष्यका जीवनहरु मेरा वरिपरिनै थिए । स्पर्मको रुपमा एक बन्द कोठाभित्र । भोलि ती स्पर्मलाई संसारका विभिन्न ठाँउमा पाईन्छन् र मलाई सोच्दा नै अचम्म लाग्दछ पछि गएर मेरै वरिपरि भएका यी जीवनहरु साना बाच्चाको रुपमा संसारका बिभिन्न ठाँउमा दौडिरहेका हुनेछन्, खेलिरहेका हुनेछन् ।’

  • सीएनएनको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *