‘तसर्थ तपाईँले आजै देखि धुम्रपान नत्यागी सुखै छैन’

DSC00311
डा आरपी चौधरी, पेडियाट्रिक सर्जन

नेपाली हेल्थ – तपाईँ धुम्रपान गर्नुहुन्छ भने त्यसको असर भोग्न तपाईँले धेरै समय पर्खिनु पर्दैन । क्यान्सर, मुटु, मिर्गौला, दम, उच्चरक्तचाप, मस्तिस्कघात जस्ता डरलाग्दा रोग तपाईँमाथि लाग्छ लाग्छ । अझ तपाईँ महिला हुनुहुन्छ, गर्भवती हुनुहुन्छ ? वा बच्चाको आमा हुनुहुन्छ भने त र तपाईँले धुम्रपान गर्नै हुदैन र गर्नुभएको छ भने पनि त्याग्नै पर्छ । किनकी यसको असर तपाईँसंगै तपाईँको पेटमा हुर्कदै गरेको सन्तानमा देखिन्छ ।

गर्भावस्तामा गरिएको धुम्रपानले तपाईँको बच्चामा जन्मनुपूर्व, जन्मदैगर्दा र जन्मिसकेपछि समेत धेरै असर देखिन्छन् । तपाईँले खाएको चुरोटमा हुने निकोटिनले कार्वनमोनोअक्साइड तथा अन्य क्यान्सर गराउने विषादीहरु रक्तसञ्चारको माध्यमबाट पेटमा हुर्कदै गरेको सन्तानमा शरीरमा पुग्छ र यसले बच्चामा धेरै ठूलो असर पुर्याउँछ ।

तसर्थ तपाईँले आफू र सन्तानका लागि आजै देखि धुम्रपान नत्यागी सुखै छैन ।

कस्ता कस्ता हुन्छन् असर ?

smoking– तपाईँले गरेको धुम्रपानले तपाईँको पेटमा हुर्कदै गरेको सन्तानमा प्रयाप्त मात्रामा अक्सिजन पुग्न सक्दैन् र स्वासप्रश्वासको समस्या देखिन सक्छ ।

  • तपाईँले गर्ने धुम्रपानले गर्भमा रहेको सन्तानको मुटुको धड्कनमा समस्या पर्छ । मुटुको चालमा असर पार्छ ।
  • तपाईँले गर्ने धुम्रपानले तपाईँको गर्भ तुहिनुको साथै मृत सन्तान जन्मने सम्भावना बढी हुन्छ ।
  • तपाईँले गर्ने धुम्रपानले समय अगावै सन्तान जन्मने तथा कम तौल भएको सन्तान जन्मन सक्छ ।
  • तपाईँले गर्ने धुम्रपानले अंगभंग भएको बच्चा जन्मन सक्छ । सुस्तमनस्थितिको बच्चा जन्मन सक्छ । भविस्यमा समेत उसको दिमाख सुस्त देखिन्छ ।
  • तपाईँले गर्ने धुम्रपानले बच्चाको मस्तिस्कको विकासमा अवरोध पुरयाउछ । त्यस्तै तौल बृद्धिमा रोकावट हुन्छ । रोग प्रतिरोधी क्षमतामा ह्रास हुन्छ ।
  • तपाईँले गर्ने धुम्रपानले तपाईँ आफैले आफैलाई क्यान्सर, मुटु, मिर्गौला, दम, उच्चरक्तचाप, मस्तिस्कघात, जस्ता डरलाग्दा रोग तथा क्षयरोगको जोखिममा धकेलिरहनु भएको हुन्छ । यही अवस्था तपाईँको बच्चामा पनि हुने गर्छ ।

 

# डा चौधरी इसान बाल तथा महिला अस्पताल बसुन्धरामा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *