के तपाईँलाई थाह छ ? शरीरको अन्य छालाको तुलनामा यौनाङ्ग र स्तनको निप्पल किन (गाढा) रङको हुन्छ ?

नेपाली हेल्थ – तपाईँले धेरै पटक सोच्नु भएको होला मानिसको यौन अंगको भाग अरु छालाको भाग भन्दा किन बढी गाढा रङको हुन्छ । यदि हो भने आज तपाईँको जिज्ञासा मेटिदै छ ।

chest

विशेषज्ञहरुका अनुसार यो प्रकृया किशोरअवस्था देखि नै सुरु हुन्छ । जव सेक्स (यौन) हार्मोन शरीरमा बहन थाल्छ एक अमिनो एसिड बन्न थाल्छ । जसलाई मेलानिन पिगमेन्ट भनिन्छ । मेलानिन पिगमेन्ट भनेको त्यो हो जसले कपाल गाढा (कालो वा खैरो) बनाउने काम गर्छ । यसैको कारण पुरुषको लिंग र महिलाको योनी तथा स्तनको निप्पलको छाला शरीरको अरु भागको छाला भन्दा गाढा (कालो वा खैरो ) हुने गर्छ ।

यो एक प्राकृतिक प्रकृया हो । तैपनि यदि युवा अवस्थामा अझ बढी गाढा हुँदै गयो भने त्यो चाँहि मधुमेहको लक्षण पनि हुन सक्छ । त्यसकारण सतर्क रहन जरुरी पनि छ ।

कोलम्विया युनिभर्सिटी मेडिकल सेन्टरका डाक्टर लिन्डसे बोर्डोन भन्छन् , ‘शरीरमा चिनीको मात्रा बढी भयो भने पनि शरीरको कतिपय भाग गाढाँ कालो भएर आँउछ त्यसलै सतर्क रहनुहोस यो मधुमेह पनि हुनसक्छ । ‘

डा. बोर्डोन भन्छन् , ‘सानो छँदा केटा केटीका यौनाङ्ग तथा निप्पल फिक्का ( मधुरो) रङको हुन्छ भने जब जब उनिहरु किशोरअवस्थामा प्रवेश गर्छन सेक्स हार्मोनको बहाबका कारण ति भाग वा अंगहरुको रङ गाढा भएर आँउछ ।’

किशोरावस्थामा प्रवेश गर्दा पुरुषहरुमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजेन नामक हार्मोनको उत्पादन तथा वहाब बढ्न थाल्छ । यी हार्मोनले नेलानोसाइट्स भनिने छालाको कोषलाई मेलानिन उत्पादन गर्ने सन्देश दिन्छन् ।

महिलामा भने यो प्रभाव किशोरी अवस्थामा नै देखिन्छ । जव महिला गर्भवति हुन्छिन् अथवा गर्भनिरोधक पिल्सको प्रयोग गर्छिन त्यो बेलामा नै महिलामा एस्ट्रोजेनको मात्रा बढी हुन्छ र उनको छाला तथा निप्पल तथा योनी गाढा रङको भएर आँउछ ।

यसको अलावा खेलाडीहर जसको यौनाङ्ग वरीपरि छालामा घर्षण भएको हुन्छ छालाले आफूलाई बचाउन बढी मेलानिन उत्पादन गर्ने हुदा ती भाग बढी गाँढा रङको हुन्छ ।

‘यो बाहेक यदि घाँटी काखी, तथा शरीरका अन्य भाग बढी गाढा ( कालो) हुँदै गरेको पाउनुभयो भने तुरुन्त जाँच गराउनुस किनकी यो मधुमेहको संकेत हुनसक्छ’ डा. बोर्डोन् बताउछन ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *