एक लाख भाइल बीसीजी र पीसीभी खोप आउदै

नेपाली हेल्थ /काठमाडौँ-bcg vaksin

एक बर्ष मुनिका बालबालिकालाई लगाइने बीसीजी र पीसीभी खोप एयर कार्गोमार्फत आज( बुधबार ) आउने भएको छ । भारतबाट थाइल्याण्ड हुँदै आज दिउसो थाइएयरको नियमित उडानबाट नेपाल ल्याइन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले नियमित प्रक्रियाबाट खरीद गरी आज आउने बीसीजी खोपको मात्रा एक लाख भाइल छ । तर विश्व स्वास्थ्य संगठन डव्लुएचओको सहयोगमा आउन लागेको पीसीभी खोप कति आउदैछ भन्ने थाह नभएको सरकारी अधिकारी बताउछन ।

‘बीसीजी एक लाख भाइल आउदैछ , पीसीभी कति आउछ भन्न सकिएन । यो डव्लुएचओको सहयोगमा आउने खोप हो,’ स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य महाशाखाका खोपशाखा प्रमुख मुकुन्द गौतमले बताए । उनले जन्मेदेखी १ बर्ष भित्र एक मात्रा दिनुपर्ने बीसीजी खोप र ६ हप्ता , १० हप्ता र ९ महिना गरी ३ मात्रामा दिनुपर्ने पीसीभी खोप लिने बालबालिकाको संख्या ६ लाख ५० हजार बढी रहेको बताए ।

गौतमले भारतको नाकाबन्दीले खोप आयातमा असर नगरेपनि आएको खोपलाई जिल्ला तथा स्थानीय तहसम्म पुरयाउन भने केही कठिनाई भएको बताए । ‘बाहिरबाट त हवाईमार्गबाट आउने हो खासै समस्या भएन तर यहाँबाट स्थलमार्गहुदै लैजान कतिपय स्थानमा समस्या भएको छ,’ गौतमले भने

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *