औषधि नपाए १६६०१-३३४४४ नम्बरमा फोन गर्नुस

-औषधिकोअभाव हटाउन तथा गुनासो सुन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्पडेस्क सञ्चालनमा ल्याएको छ ।

नेपालीहेल्थ/काठमाडौ ६ मंसिर –mohp

भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण देशभर भएको औषधिकोअभाव हटाउन तथा गुनासो सुन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्पडेस्क सञ्चालनमा ल्याएको छ । त्यसैगरी फोन गर्दा  पैसा नलाग्ने  टोल फ्रि नम्बर १६६०१-३३४४४ सुरु गरेको छ । यो नम्बर फोन गरेर सर्वसाधरणले औषधि अभाव सम्बन्धी गुनासा टिपाउन सक्ने छन् ।

हेल्प डेस्कमा बिरामी, सर्वसाधारण र अस्पतालहरुले कुनै औषधिको अभाव भएमा खबर गर्न सक्ने छन् । र त्यस्ता औषधिको तत्काल व्यवस्थापन गर्ने तथा उपाय सुझाउने काम हेल्पडेस्कमा खटिएका कर्मचारीले गर्नेछन् ।

मन्त्रालयका सहसचिव डा गुणराज लोहनीका अनुसार हेल्प डेस्कमा आउने सूचनाका आधारमा मन्त्रालयले औषधिको व्यवस्थापन गर्नेछ ।
विभिन्न सरकारी स्वास्थ्य संस्थाले औषधि सकिएको भन्दै मन्त्रालयमा लिखित जानकारी दिएको सह-सचिब लोहनीले  बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *