के मिर्गौलाको पत्थरी र खानेकुराबीच सम्बन्ध हुन्छ ?

- नेपाली हेल्थ

पत्थरीको उपचार गर्नेहरु मध्ये धेरै जनाले सोध्ने प्रश्न हो यो । के खाएर पत्थरी हुन्छ ? तर यसको ठेट जवाफ छैन । एउटा साझा जवाफ के हो भने ‘खानपान र जीवनशैलीमा सतर्क भइएन भने हुनसक्छ ।’ अर्थात पत्थरीबाट बच्नका लागि खानपान र जीवनशैलीमा सुधार गर्नैपर्छ ।

डा. कुशल कार्की, युरोलोजिष्ट

हामीकहाँ मुख्य त तीन किसिमका मिर्गौलाका पत्थरीहरु देखिन्छ । ती पत्थरीको विशेषता र लाग्नुसंग खानपान र जीवनशैली जोडिएर आउँछ ।
खासमा कस्ता छन त ती पत्थरीहरु ?
हाम्रो क्षेत्रमा पाईने पत्थरहरुमा

  • Oxalate stone (ओक्जालेट पत्थरी)
  • Struvite stone (इस्त्रुभाइत पत्थरी)
  • Uric acid stone ( युरिक एसिड पत्थरी)

१. Oxalate stone (ओक्जालेट पत्थरी) :
धेरै जस्तो बिरामीहरुलाई हुने पत्थरी हो यो । ओक्जालेट हुने खानेकुरामा रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालक आदीमा हुन्छ । तर यी खानेकुराहरु खानै नहुने भन्ने हैन । यी खानेकुराहरु कम खानुपर्छ र यी खानेकुरा खाँदा क्यालसियम भएको खानेकुरासँग खानुपर्छ जसले गर्दा मिर्गौलामा यी तत्वहरुको मात्रा कम हुन्छ । कुनै कारणले ख्ष्तबmष्ल ऋ को सेवन गरेको छ भने यसलाई रोकेको बेश हुन्छ ।

२. Struvite stone (इस्त्रुभाइत पत्थरी): 

यो पत्थरी विशेषगरी महिलाहरुमा हुने गर्छ । पिसावको संक्रमणसंग यसको सम्वन्ध हुन्छ । एचयतभगक जातको किटाणुले हुने पिसावको संक्रमण पटक पटक हुँदा यस्तो किसिमको पत्थरी हुन सक्छ । यस्तो पत्थरी एक पटक फालेर फेरी पनि हुनसक्छ । त्यसैले उपचार गर्दा यो ढुंगा पुरै निकाल्नुपर्छ । र पिसावको संक्रमण हुनबाट बच्नुपर्छ ।

३. Uric acid stone ( युरिक एसिड पत्थरी):

यस्तो जातको पत्थर भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम हुनुपर्छ । यी खानेकुरामा रातोमासु (राँगाको, खसीको , बुङगुर, सुङगुर आदी) पर्दछन् । यस्तै गेडागुडी मदिरा , गुलियो र चिल्लोका मात्रापनि कमगर्नु पर्छ । कहिलेकाँही युरिक एसिड कम गर्ने औषधि पनि खानुपर्छ । चिकित्सकको सल्लाह अनुसार ।

यी समस्या छन् भन्ने कसरी थाह पाउने ? 

मिर्गौला वा मुत्रनलीबाट कुनै पनि पत्थरी निकालेपछि त्यसको बैज्ञानिक परीक्षण गर्नु पर्छ । बैज्ञानिक परीक्षणका तीन तरिका छन् । जसमध्ये [chemical analysis – wet chemistry] विधि छ । जसको खासै महत्व छैन । र यो नेपालमा पनि हुन्छ ।

विरामीको मिर्गौलाबाट पत्थर निकालेपछि २४ घण्टाको पिसाव जम्मा पारेर त्यसको परीक्षण गर्नुपर्छ, कम्तिमा २ पटक । त्यसपछि मात्रै के खानु हुन्छ र के खानु हुन्न भन्ने सवालको जवाफ दिन सकिन्छ । साच्चै नै भन्नु पर्दा यी कामहरु झन्झटिलो र खर्चिलो पनि छन् । 

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *