प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुनसक्ने

काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् ।

भाइरल ज्वरोका कारण श्रीमती दाहाललाई एक साता अघि ललितपुरको सुमेरु अस्पतालमा लगि भर्ना गरिएको थियो । उनको त्यहाँ आइसियूमा उपचार भइरहेको थियो ।

अस्पतालका चिकित्सकले स्वास्थ्यमा सुधार आएपछि आइतबार दिउसो १ बजे देखि उनलाई आइसियूबाट जनरल वार्डमा सारेका छन् । उपचारमा सम्लग्न डा अशोक शर्माले जनरल वार्डमा २४ घण्टा निगरानी गरेपछि डिस्चार्ज गर्न सकिने बताए । ‘सम्भवत आज डिस्चार्ज हुनसक्छ, प्रचण्डको पारिवारिक श्रोतले बतायो ।

यसअघि सोही अस्पतालमा खानेपानी मन्त्री समेत रहेकी प्रचण्डकी बुहारी विना मगर समेत भर्ना भएर उपचार गराएकी थिइन । प्रचण्ड आफै समेत भाइरलको संक्रमणमा परेपछि घरमै आराम गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *