हेल्थ असिस्टेन्ट संघद्धारा त्रिपक्षीय बार्ता किन बहिस्कार ?

काठमाडौँ, ४ माघ । आन्दोलनरत हेल्थ अस्सिटेन्ट संघले स्वास्थ्य मन्त्रालयले विहीबार (हिजो)का लागि तय गरेको त्रिपक्षीय बार्ता बहिस्कार गरेको छ । उसले आफ्नो माग र आन्दोलन स्वास्थ्य मन्त्रालयसंग सम्वन्धित भएको भन्दै बार्ताका लागि ट्रेड युनियन अस्विकार्य भएको स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले विहीबारको त्रिपक्षीय भन्दै स्वास्थ्य सम्वद्ध छ वटा संगठनका ट्रेड युनियन अध्यक्षहरुलाई समेत हेल्थ असिस्टेन्टहरुसंग हुने बार्तामा बस्न आमन्त्रण गरेको थियो । सोही अनुसार ती युनियनका प्रतिनिधिहरु दिउसो स्वास्थ्य मन्त्रालयमा पुगेका थिए ।

संघका बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले आफूहरु मन्त्रालयसंग लडिरहेको भन्दै बार्ताका नाममा ट्रेड युनियन घुसाएर सरकारले आफूहरुलाई लडाउन खोजेको बताए । ‘आपसी द्धन्द चर्काउने हिसावले ट्रेड युनियनका प्रतिनिधिहरुलाई बोलाएको देखियो ।नत्र हाम्रो आन्दोलनमा हुने बार्तामा उनीहरुलाई किन बोलाइयो । अब हामी यहि तालमा बार्तामा बस्दैनौँ । आन्दोलन सशक्त बनाएर अघि बढ्छौँ ।’

उनले शुक्रबार (आज) पनि मन्त्रालय केन्द्रीत दवाव जारी राख्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *