आरुबोटेका जेष्ठ नागरिकको घर घरमै गएर स्वास्थ्य परीक्षण

पाँचथर, २५ पुस । मिक्लाजुङ गाँउ पालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको छ । गाँउपालिकाले सोही अवसरमा जेष्ठनागरिकलाई सम्मान समेत गर्ने गरेको छ ।

गत सोमबार मात्रै गाँउपालिकाको ३ नम्बर वडा पर्ने आरुबोटेमा ८० बर्ष माथिका जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरणको व्यवस्था मिलाएको थियो ।

३ नं वडा कार्यालयको आयोजना तथा आरुबोटे स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको थियो । वडा अध्यक्ष हस्तराज फियाकको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० भन्दा बढी ज्येष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट प्रदान गरिएको थियो ।

सोही अवसरमा वडा कार्यालय मार्फत साविक आरुबोटे गाविसका ९ वटै वार्ड हरुलाई प्रति वार्ड एउटाका दरले स्ट्रेचर प्रदान गरिएको थियो । यस्तै आरुबोटे मावि, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई एउटा एउटा स्ट्रेचर प्रदान गरिएको थियो ।

आरुबोटे स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट हेमन्त सुन्दासले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए ।

परीक्षणका क्रममा अधिकांशमा उच्च रक्तचाप, मोतिबिन्दु, दम, हाडजोर्नी तथा नसा रोग सम्बन्धिका रोगी पाइएको हे अ सुन्दासले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *