स्वास्थ्य मन्त्रालय बाहिर ‘एचए’को धर्ना भित्र ‘अनमी’को डेलिगेसन

काठमाडौँ, २४ पुस । कर्मचारी समायोजनका लागि स्वास्थ्य मन्त्रालयले तयार गरेको नयाँ संगठन संरचनाको विरोधमा मंगलबार हेल्थ असिस्टेन्ट संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिएको छ । त्यति नै बेला आफूलाई अन्याय भएको भन्दै छैटौँ तहका अनमीहरु समन्वय महाशाखा प्रमुृख एवं मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई कार्यकक्षमा घेर्न पुगेका थिए ।

दुबै समूहको माग एउटै थियो,’ समायोजनका लागि बनाइएको संगठन संरचनाले हामीलाई अन्याय गर्यो ।’

हेल्थ असिस्टेन्टहरुले आफूभन्दा कम योग्यताका सीअहेवलाई स्वास्थ्य चौकी प्रमुख बनाउन लागिएको भन्दै विरोध गरेको हो । छैटौँ तहका अनमीहरुले आफूहरुको पुरानो दरबन्दी कटौती भएको थाह पाएर आएको बताएका थिए ।

तर, मन्त्रालयका अधिकारीहरुले उनीहरुका मागका बारेमा अहिलेसम्म ठोस कुरा गर्न सकेका छैनन् । उनीहरुले संरचनाका विषयमा यसअघि नै पटक पटक सच्याईसकेकोले अब कार्यान्वयनमा जानुको विकल्प नभएको बताउन थालेका छन् ।

मंगलबार अनमीहरुसंगको भेटमा पनि मन्त्रालयका प्रवक्ता श्रेष्ठले संरचना नै नयाँ बनाउँदै गर्दा पुरानै जस्तो खोजी गरेर नपाइने भन्दै त्यसमा सन्तुष्ट हुन आग्रह गरे । उनले तर, कार्यरत कर्मचारीका लागि आवश्यक व्यवस्थापन हुन बताए ।
छैटौँ तहका अनमीहरुले आफूहरु करीब ७ सय जना रहेको र अहिले ती दरबन्दीहरु काटिएको भन्ने सुनेकाले डेलिगेशन आएको बताएका थिए ।

यस्तैगरी विरोधमा सरकारी चिकित्सक संघ नेपाल (गोदान) आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका अरु पेशागत संगठन पनि उत्रिएका छन् । समायोजन ऐनको विरोधमा गोदानले त हरेक दिन विहान १ घण्टा आकस्मिक बाहेकका सेवा समेत बहिस्कार गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *