दाँत दुखे पछि प्रधानमन्त्री ‘प्रचण्ड’ वीर अस्पतालमा, आरसीटी विधिबाट उपचार सुरु

काठमाडौँ, २६ बैशाख ।  दाँत दुख्ने समस्यामा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार वीर अस्पताल पुगि परीक्षण तथा उपचार थालेका छन् । आज अपरान्ह ४ बजे वीर अस्पतालको दाँत विभागमा पुगेर परीक्षण तथा उपचार थालेका हुन् ।

परीक्षणको क्रममा दुईवटा दाँतमा किराले खाने समस्या देखिएको छ । चिकित्सकको टोलीले आजैबाट रुट क्यानल ट्रिटमेन्ट (आरसीटी) विधिबाट उपचार थालेका छन् ।

‘दाँतमा दुखाई बढ्दै गएपछि आज अपरान्ह अस्प्ताल आउनु भयो । हामीले एक्सरे गरेर हेर्‍यौं । दायाँ पट्टीको माथिल्लो बंगरामा आरसीटी गर्नु पर्ने देखिएको छ । यो चरणवद्ध उपचार गर्नु पर्ने हुन्छ,’ अस्पतालका सिनियर कन्सलटेन्ट ओरल एण्ड म्याग्जिलोफेरियल सर्जन डा. किशोर भण्डारीले भने,  ‘हामीले आजैबाट उपचार सुरु गरेका छौँ ।’

प्रधानमन्त्रीको उपचार भने वीर अस्पतालकी कन्सलटेन्ट इन्डोटोन्टिक्स एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की सहप्राध्यापक डा. रीतु श्रेष्ठको नेतृत्वमा भएको छ ।

त्यसो त प्रधानमन्त्री प्रचण्डले आज वीरमा पहिलो पटक दाँत उपचार गराएका भने होइनन् । उनले १० बर्ष अघि अर्थात सन् २०१४ मा पनि वीर अस्पतालमै गई बायाँ तर्फका बंगराको आरसीटी विधिबाट उपचार गराएका थिए ।

‘त्यतिखेर बायाँ तर्फ समस्या थियो अहिले भने दायाँ तर्फ समस्या देखिएको हो । केही चरणको उपचार पछि ठिक भई हाल्छ,’ डा. भण्डारीले भने ।

 

आजै प्रधानमन्त्री प्रचण्ड सुनकोसी मरिन डाइभर्सनको सुरुङ ब्रेक थ्रुका लागि सिन्धुली पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *