गण्डकी प्रदेशको स्वास्थ्यमन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त

काठमाडौँ, २४ वैशाख । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त भएकी छन् ।

सोमबार मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट २ जना मन्त्री थप गर्दै सुन्दासलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा एमालेकी सुन्दास गण्डकी प्रदेश स्याङ्जा -१ को (क) बाट निर्वाचित सांसद हुन् । उनी प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला सांसद पनि हुन् ।

त्यस्तै वेदबहादुर गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । दुबै मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । योसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *