पुरानो मेडिकल कलेजमा थपियो पाँचवटा डायलासिस मेसिन

चितवन, ७ पुस । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटलले पाँचवटा हेमो डायलासिस मेसिन थपेको छ । यसअघि हस्पिटलसंग १० वटा मेसिन थियो ।

मिर्गौलाका बिरामीको चाप बढ्दै गएपछि डायलासिस मेसिन थप गरिएको अस्पतालले जनाएको छ ।

कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मिर्गौलाका बिरामीहरुको चाप बढेपछि जर्मनबाट ५ वटा फ्रेसनेस डायलासिस मेसिन ल्याएको बताए ।

दुईवटा मेसिन मर्मतमा भएकोले अहिले नयाँ पाँच सहित १३ वटा मेसिनले सेवा दिइरहेको जानकारी दिए । न्यौपानेले भने, ‘अहिले दुईवटा मेसिन मर्मतमा छ । केही दिनमा त्यो बन्नेछ र हामीले १५ वटा मेसिनबाटै सेवा दिन सक्नेछौँ ।’

अहिले पुरानो मेडिकल कलेजबाट दैनिक ३२ जना विरामीले निशुल्क डायलासिस गराई रहेका छन् । अबको केही दिनमा दैनिक ४५ जनाले डायलासिस गराउन सक्ने बजार विभाग प्रमुख न्यौपानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *