मुटुजन्य रोगको जोखिम बढ्दै, उपचारका लागि नयाँ प्रविधि भित्रदैँ

काठमाडौँ, १८ कात्तिक । विश्वव्यापी रुपमा मुटुजन्य रोगको जोखिम बढदै जाँदा त्यसको समाधानको उपाय पनि तिब्र रुपमा खोजिदै गएको छ । बैज्ञानिकहरुले मुटुको उपचारलाई कसरी प्रभावकारी बनाउने र बिरामीको ज्यान बचाउने भन्नेमा नयाँ नयाँ विकल्प खोज्दै गएका छन् ।

पछिल्लो समय इजरायलको सेन्सिबल मेडिकल इनोभेसन नामक कम्पन्नीले एउटा सेन्सिवल भेस्ट बनाएको छ । सो अत्याधुनिक प्रविधि जडित भेस्टले फोक्सोको अवस्थाको बारेमा चिकित्सकलाई जानकारी गराउँदछ । मुटुले असन्तुलित रुपमा रगत प्रवाह गरेर श्वासप्रश्वास असामान्य हुँदा त्यसको असर फोक्सोमा हुने र फोक्सोमा तरल पदार्थ जम्मा हुँदा त्यसले हृदयघात हुने अवस्था पुरयाउन सक्ने बैज्ञानिकहरुको दावी छ ।

गतवर्ष अमेरिकारले प्रयोगमा ल्याएको यो प्रविधि शरीरमा पहिरिदै गर्दा त्यसमा जडित यन्त्रले फोक्सो अअवस्था बारेमा चिकित्सकलाई जानकारी गराउँदछ ।

यसैबीच भारतको चर्चित अस्पताल मेदान्ताले आफूकहाँ आउने विरामीका लागि यो प्रविधिवाला उपचार सेवा उपलव्ध गराउने बताएको छ ।

‘यो प्रविधिले हृदयघात हुने जोखिम, वाइपास गर्नुपर्ने अवस्थालाई आउनबाट रोक्ने लगाएतका काम गर्न निकै नै मद्धत गर्ने देखियो । त्यसैले हामीले यी प्रविधिको प्रयोग गर्दैछौँ ,’ मेदान्ताका बरिष्ठ मुटुरोग विशेषज्ञ डा रजनीश कपुरले भने ।

शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा डा कपुरले विश्वमा बढ्दै गएको नसर्ने रोगको प्रकोप नेपालमा पनि बढ्दै गएको र त्यसको एउटा मुख्य कारण मुटुरोग भएको बताए । उनले मुटुरोगबाट जोगिन खानपान र जीवनशैलीमा विशेष ध्यान दिन आग्रह गरे । मेदान्ता अस्पताल संसारकै उत्कृष्ठ उपचार दिने अस्पताल रहेको भन्दै नेपालीहरुले उत्कृष्ठ सेवा लिन चाहे सो सहज रुपमा उपलव्ध हुने बताए ।

बजारमा छिटै आउन लागेको नयाँ प्रविधि भेस्टले विरामीको कपडाको माथि लगाएर फोक्सोमा भएको कृयाकलापलाई परिक्षण गर्ने भन्दै नेपालीहरुले समेत त्यसको लाभ लिन सक्ने बताए ।

जब मुटूले राम्ररी रगत प्रवाह गर्न छोडछ, तब स्वास प्रश्वासको तथा अन्य कारणले फेक्सोमा तरल पदार्थ थुप्रिन थाल्छ । यो प्रकृया विरामीले चालै नपाई एक दुई हप्ता अघिनै शुरु भई सकेको हुन्छ तसर्थ उपचारको लागि हतारिनु भन्दा यो नयाँ प्रविधिको भेस्ट प्रयोग गरेर ३ मिनेटमै लक्षणहरु थहा पाउन सकिन्छ । जसले सुचना प्रवाह गर्ने र औषधी उपचार, खानपिनमा सयमता लगायत सजगता अपनाउन सकिन्छ हरेक मुटु रोगीले विशेषत पर्यावरणीय दुषितबाट जोगिन पर्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *