आज विश्व हात धुने दिवस : हात धुन सिक्ने कि ? (भिडियो सहित)

काठमाडौँ, २९ असोज । आज १५ अक्टोवर,  विश्व हात धुने दिवस । सफा हात मेरो स्वास्थ्यको आधार भन्ने मुल नाराका साथ नेपालमा पनि यो दिवस मनाइदै छ । यो वर्षको विश्व हात धुने दिसव हात धुने र खाना बीचको सम्वन्धमा केन्द्रित रही खाद्य स्वच्छता र पोषणसंग सम्वन्धित छ । यसपटकको नाराले हरेक पटक खाना खानु, खुवाउनु तथा बनाउनु र खानेकुरा दिनु अघि सावुन पानीले हात धुने कार्यलाई सम्झाउने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सुरक्षित खानेपानी, सरसफाई र स्वच्छताको अभावमा ५ बर्ष मुनिका करीब १४ लाख बालबालिकाको मृत्यु झाडापखाला र निमोनियाका कारण भइरहेको छ । नेपालमा मात्रै प्रतिवर्ष करीब ५हजार बालबालिकाको मृत्यु झाडापखालाजन्य रोगका कारण भइरहेको बताइन्छ । विभिन्न अध्ययनहरुले देखाए अनुसार किटाणुहरु फैलनबाट रोकथाम गर्ने सबैभन्दा उत्तम उपाय नै साबुन पानीले हात धुनु हो ।

नेपाल स्वास्थ्य जनसांख्यिकीय सर्भेक्षण २०१६ले नेपालका ग्रामिण क्षेत्रमा करीब ७५ प्रतिशत घरमा सावुनपानीले हात धुने ठाँउ भएको पाइन्छ । साथै सहरी क्षेत्रमा करीब ८५ प्रतिशत घरमा सावुन पानीले हात धुने ठाँउ रहेको पाईन्छ । यद्धपी हात कतिले धुने गरेका छन् भन्ने बारेमा भने कुनै अध्ययन भएको छैन । अझ् तरिका मिलाएर हात धुनेको संख्या भने निक्कै कम भएको अनुमान गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले हात धुने तरिका सिकाएको छ ।

हेरौँ भिडियोमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *