होली पर्व र मुख स्वास्थ्य

-बायाँबाट क्रमश : डा. प्रियंका लुईटेल/डा. ऋतु भण्डारी

नेपाल कला र संस्कृतिले भरिएको देश हो । जहाँ बर्षैभरी बिभिन्न चाड पर्वहरू मनाउने गरिन्छ । ति मध्ये फागु अर्थात होली पनि एक हो । होली पर्वमा विभिन्न प्रकारको रङ, अविर तथा रङ र अविर मिसाएर बनाइएका लोलाहरु लगाउँदै तथा मिठाइहरू खाँदै, खेल्दै रमाउँदै मनाइने गरिन्छ ।

यस प्रकारको रङ र अबिरहरुका प्रयोगले गर्दा हाम्रो अनुहरका साथसाथै मुख स्वास्थ्यमा पनि उत्तिकै असर पुग्न सक्छ ।

यस्ता विभिन्न थरिका रङहरूले गर्दा हाम्रो छालामा आउने घाउ खटिरा र अन्य परिवर्तनमा हामी सजक भएता पनि मुख स्वास्थ्यमा भने लापरवाहि भएको पाइन्छ ।

होली पर्वमा मुखमा देखिने समस्याहरू मध्य केहि यस प्रकार छन्ः

  • रङहरू दाँतमा बस्न ।
  • लापरवाहि पूर्वक होली खेल्दा दाँत, दाँतमा बाधिएका तारहरू भाचिने ।
  •  धेरै गुलियोको प्रयोग गर्दा दाँत किराले खान सक्ने ।

यसलाई समाधान कसरी गर्ने त ?

  • दाँतमा रङ लाग्न नदिन Mouth guard को प्रयोग गर्ने ।
  • दाँतमा रङ पर्न साथ मुख कुल्लागर्ने अनि पानी पिउने ।
  • गुलियो मिठाइको सेवन कम गर्ने खानेकुरा खाएपछि मुख कुल्ला गर्ने ।
  •  तार लगाएको दाँत र कुनैपनि कृत्रिम दाँतहरूमा Mouth guard अनिवार्य रूपमा प्रयोग गर्ने होलीमा पानीको प्रयोग कम गर्नुका साथै नचिप्लिने चप्पलको प्रयोग गर्ने ।

यसरी सामान्य नियमहरूको पालना गरेर हामीले आफन्तजन, साथीभाइहरुमा होली रमाइलोको साथ मनाउन सकिन्छ ।

 

# डा. लुईटेल र डा. भण्डारी कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *