न्युक्लियर मेडिसिन’ विषयमा विद्यावारिधि प्राप्त गर्ने डा. गुप्ता पहिलो नेपाली

इटहरी, २४ असोज । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रेडियोलोजी विभागमा कार्यरत डा अरुण गुप्ताले ‘न्युक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ’ विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।

विश्वकै उत्कृष्ठ मध्येको एकसिओल नेशनल युनिभर्सिटी कोरियाबाट सो विषयमा विद्यावारिधि प्राप्त गर्ने उनी नेपालमै पहिलो व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ ।

यो विषयमा विद्यावारिधि प्राप्त गर्ने आफू पहिलो नेपाली हुन पाएकोमा निक्कै गर्व महसुस भएको डा गुप्ताले प्रतिकृया दिए ।
गुप्ताको यो सफलताले क्यान्सर परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

विद्यावारिधी गरेपछि विदेशका ठूला मेडिकल इन्स्टिच्युटबाट थुप्रै अवसर आएपनि आफ्नो देश र प्रतिष्ठानको सेवा गर्ने सपना र उद्देश्यका साथ आफु प्रतिष्ठानमा काम गर्न आएको डा गुप्ताले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *