स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि पुन: दरखास्त आवहान

काठमाडौँ, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने प्रक्रिया पुन : अघि बढाएको छ ।

मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

यसअघि मन्त्रालयले २८ साउनमा सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई ७ दिन भित्र दरखास्त पेश गर्न भनेको थियो । त्यसबेला एक साताको अवधीमा १९ जनाले दरखास्त हालेका थिए । तर अबधी सकिएको ८ दिन पछि अर्थात ११ भदौमा प्राविधिक कारण उल्लेख गर्दै विज्ञापन नै रद्ध गरेको थियो ।

आज प्रकाशित सूचनामा मान्यताप्राप्त संस्थाबाट अर्थशास्त्र, व्यस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा दश बर्षको अनुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्ने उल्लेख छ ।

यस्तै ४० देखि ६५ बर्ष बीचको उमेर हुनुपर्ने, फौजदारी कसुर प्रमाणित नभएको, नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सहप्राध्यापक वा सो सरहको काम गरिरहेको वा गरिसकेको, कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्र्डसंग कुनै किसिमको स्वार्थ नभएको भन्दै योग्यता तोकिएको छ ।

यस्तै दरखास्त दिने २५०० शव्दसम्मको अवधारणापत्र र त्यति नै शव्दसम्मको चार बर्षे व्यावसायिक कार्ययोजना समेत सम्लग्न गर्नुपर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *