सरकार र डा. केसीपक्षबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदै

काठमाडौँ, ९ साउन । सरकार र डा. गोविन्द केसी पक्षबीच बार्ता आज पनि वार्ता हुँदैछ । अहिले विहानबाट शिक्षा मन्त्रालयमा हुने वार्ताका लागि दुबैपक्षका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

हिजो भएको बार्ता धेरै बुँदाहरुमा समझदारी उन्मुख भएको भन्दै आजको बार्ता समेत सकारात्मक अघि बढ्ने दुबै पक्षले विश्वास लिएका छन् । डा केसीको स्वास्थ्य अवस्थाका कारण पनि सकेसम्म छिटो बार्ता सहमतिमा पुरयाई अनशन तोडाउने पक्षमा दुबैपक्ष रहेको बताएका छन् ।

डा. केसीका मागका सम्वन्धमा हिजो विहानै देखि बालुवाटारमा उच्चस्तरीय छलफल भएको थियो । प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष प्रचण्ड, नेता सुवास नेम्वांग, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा, माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमा, प्राडा रमेशकान्त अधिकारी लगायतले केसीका माग र हुनसक्ने सहमतिका विषयमा छलफल गरेका थिए ।

सोही छलफलले बार्तालाई निरन्तरता दिने निर्णय गरेको थियो । सोही अनुसार हिजो बेलुका शिक्षा मन्त्रालयमा बार्ता भएको थियो ।
त्यसो त हिजो नै डा गोविन्द केसी पक्षले सरकारलाई संसदमा प्रस्तुत चिकित्सा शिक्षा विधेयकमा संसोधन गर्नुपर्ने २५ वुँदा लिखित रुपमा दिएको बताइएको छ ।

ती बुदाहरुमा काठमाडौँमा १० बर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढी मेडिकल कलेजलाई सम्वन्धन दिन नपाउने, मेडिकल कलेज सम्वन्धनका लागि कम्तीमा तीनसय बेडको अस्पताल तीन बर्षसम्म चल्नुपर्ने लगायतका बुँदाहरु रहेको बताइएको छ ।

बार्ता टोलीले यी बुँदाहरुमा आज छलफल गर्ने बताइएको छ । यी बुँदामाहरुमा सहमति भए डा केसीको अनशन आजै तोडिन सक्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *