गम्भीर रोगीलाई रु १२ लाख सहयोग

ललितपुर, २४ असार । गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

मुटु, अर्बुदरोग तथा मिर्गौलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४÷७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले बताए ।

आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *