दुवै मिर्गौला खराब भएकी युवतीद्वारा सहयोगको याचना

म्याग्दी, ३ असार । बेनी नगरपालिका– २ गौश्वाराकी २० वर्षीया तारा शर्माको दुवै मिर्र्गौला खराब भएपछि पोखरास्थित मणिपाल अस्पतालको श्ययामा छट्पटाइ रहेकी छन् ।

शर्माले आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन याचना गरिरहेकी छन् । उनी दुई महिनादेखि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउँदै आउएकी छन्। आर्थिक अवस्था अत्यन्त कमजोर भएकी शर्मालाई हप्तामा दुई पटक डायलसिस गर्नुपर्ने हुन्छ ।

एक पटक डायलसिस गरे रु पाँच हजार खर्च लाग्छ । दुवै मिर्गौला प्रत्यारोपण गर्न रु नौ लाख लाग्ने शर्माका दाजु गोकुलले बताए। “घरको अवस्था दयनीय छ, कमाइ केही छैन, मिर्गौला प्रत्यारोपण त परको कुरा भयो, डायलासिस गर्ने र औषधि किन्ने खर्चसमेत छैन,” उनले भने ।

दुई महिनादेखि छोरीको उपचारमा खटेका खडानन्द थकित अवस्थामा छन् । वैदेशिक रोजगारीमा मलेशिया गएका छोरा गोकुल बिरामी परेर घर फर्किएका छन् । “भएको सम्पत्ति छोराको उपचारमा सकियो, अब छोरीको मिर्गौला प्रत्यारोपण गर्न रुपैयाँ छैन,” ६८ वर्षीय खडानन्दले भने । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *