त्रिवि शिक्षण अस्पतालको नयाँ निर्देशक खोज्न ‘सर्च कमिटि’

काठमाडौँ, २६ जेठ । त्रिभुवन विश्वविद्यालयले महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा सम्भावित नयाँ निर्देशकको नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटि गठन गरेको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा गठित सर्च कमिटि सदस्यहरुमा प्राडा जीवन शेरचन र प्राडा रमेश भण्डारी सदस्य रहेका छन् । उनीहरुलाई निर्देशक बन्न योग्य तीन जना उम्मेवारको छनौट गरि यथासम्भव चाँडो नाम पठाउन भनिएको छ ।

चार बर्ष अघि निर्देशक नियुक्त भएका प्राडा दीपकप्रकाश महराको कार्यकाल सकिएको छ । नयाँ निर्देशक बन्ने दौडमा प्राडा दिनेश काफ्ले, प्राडा इश्वर लोहनी, प्राडा प्रदीप श्रेष्ठ अगाडी रहेको स्रोतले बतायो ।

अबधी सकिएका महराको कार्यकाल तीन महिना थपियो
यसैबीच त्रिविले चार बर्षे कार्यकाल पुरा गरेका प्राडा महराको अवधी थप तीन महिना लम्व्याएको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले महराको कार्यकाल तीन महिना थप्ने निर्णय गरेको हो ।

डा. गोविन्द केसीको आन्दोलनका बीच निर्देशक बनेका डा महराले आफ्नो कार्यकालमा उल्लेख्य काम नगरेपनि डा केसीको साथ भने पाइरहे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *