स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व वेवसाइटमा पनि फेरियो

काठमाडौँ, २४ जेठ । उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएको ६ दिन पछि मन्त्रालयले आफ्नो ‘वेवसाइट अपडेट’ गरेको छ ।

मन्त्रालयको नेतृत्व अव वेवसाइटमा पनि राज्यमन्त्री पद्मा अर्यालबाट उप एवं स्वास्थ्य मन्त्री यादवमा सारिएको छ ।
मन्त्रालयको नेतृत्व परिवर्तन भएको ६ दिनसम्म पनि वेवसाइटमा नेतृत्व अपडेट नभएपछि नेपाली हेल्थले हिजो समाचार प्रकाशित गरेको थियो ।

त्यस लगत्तै स्वास्थ्य सचिव डा पुष्पा चौधरीको निर्देशनमा मन्त्रालयका अधिकारीले वेवसाइट परिवर्तन गरेका हुन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गत १८ जेठमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा  पदवहाली गरेका थिए ।

– स्वास्थ्य मन्त्रालयको नेतृत्व फेरियो, वेवसाइटमा अझै फेरिएन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *