५० हजार राशीको स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारको लागि आवेदन माग

काठमाडौँ, २८ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य करकोष सचिवालयले सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा उल्लेखनीय योगदान गर्ने व्यक्ति तथा संस्थालाई यसवर्ष पनि पुरस्कृत गर्ने भएको छ ।

कर कोष सचिवालयले विश्व धूमपानरहित दिवसको अवसरमा आगामी ३१ मे का दिन स्वास्थ्य मन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कार दिने भन्दै व्यक्ति तथा संस्थासंग आवेदन माग गरेको छ ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाउने व्यक्ति, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी मध्येबाट उकृष्ठ छ जनालाई यो पुरस्कार प्रदान गरिने बताइएको छ । सचिवालयले ईच्छुक व्यक्ति तथा संघ संस्थाले आगामी ६ जेठ भित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कर कोष सचिवालयमा आवेदन पेश गर्न भनेको छ ।

सुर्ती नियन्त्रण सम्वन्धी उत्कृष्ठ कानून बनाए वापत नेपालले सन् २०१५ मा एक लाख डलर राशीको ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड पाएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीको पालामा प्राप्त उक्त अन्तराष्ट्रिय अवार्डकै रकमबाट नेपालमा हरेक वर्ष छ जनालाई पुरस्कृत गर्न थालिएको हो ।

यद्धपी यो पुस्कार नियमित रुपमा वितरण भएको थिएन । यसअघि दुई पटक मात्रै यो पुरस्कार वितरण भएको छ ।

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *