स्वास्थ्य बीमाको ‘सुविधा थैली’को दररेट सात वर्ष पछि परिमार्जन

केही औषधिको मूल्य सस्तियो, केहीको सामान्य महंगियो

काठमाडौँ, २८ बैशाख ।  स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गरेको छ । गत २० बैशाखमा बसेको बोर्ड बैठकले सुविधा थैली परिमार्जन गर्ने निर्णय गरेको हो ।

बोर्डले यसअघि सुविधा थैलीमा प्रस्तावित नयाँ दर रेट सार्वजनिक गर्दै सेवा प्रदायक स्वास्थ्य संस्था एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव माग गरेको थियो ।

आएका सुझाव तथा बजारको विश्लेषण गरी नयाँ दररेट कायम गरिएको बोर्डले जनाएको छ । परिमार्जित दररेट आगामी १५ जेठ देखि लागू हुनेछ ।

परिमार्जित सुविधा थैलीमा शैया शुल्क र प्याकेज अनुसारको सेवा लगायतमा पुरानै दररेट कायम गरिएको छ । तर औषधिमा भने परिमार्जन गरिएको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भने ।

उनका अनुसार औषधिको हकमा यसअघि भएको दररेटलाई आधार मानेर फार्मेसी गाईडलाइन अनुसारकै विक्री मूल्य कायम हुने गरी लागू हुनेछ । भनिएको छ । तर उक्त दररेटलाई लागू भएको छ महिना भित्रमा बास्तविक विश्लेषण गर्ने बताइएको छ ।

डा. बसौलाले परिमार्जित दररेटमा केही महंगा औषधिको मूल्य निकै सस्तो भएको र केही निकै सस्तो भएको औषधिको मूल्य सामान्य बढेको बताए ।

बोर्डले यसअघि सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको थियो ।

सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड, यस्तो छ नयाँ शुल्क प्रस्ताव

यसअघि गत १३ पुसमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनरावलोकन भइरहेको कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *