गिभ अ स्माइल :

सूर्यविनायकको कुलमाया भगवती माध्यमिक विद्यालयका २६० जना विद्यार्थीको नि:शुल्क दन्त परीक्षण

भक्तपुर, २८ बैशाख । सूर्यविनायक नगरपालिका – १, बिरुवामा रहेको कुलमाया भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुको निशुल्क मुख तथा दन्त परीक्षण गरिएको छ । ‘गिभ अ स्माइल’ प्रोजेक्ट अन्तर्गत कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा बीएम फाउण्डेसनले उनीहरुको मुख तथा दन्त परीक्षण गरेको हो ।

फाउन्डेशनले सो प्रोजेक्टमा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ र रोटरी क्लव अफ काठमाडौँ नर्थसंग सहकार्य गरेको छ ।

गिभ अ स्माइल प्रोजेक्टले काठमाडौँ उपत्यकामा १ लाख विद्यार्थीको मुख तथा दन्त परीक्षण गर्ने लक्ष्य लिएको छ । प्रोजेक्ट अन्तर्गत अहिलेसम्म ३० हजार बढी विद्यार्थीको परीक्षण भईसकेको फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

‘बिहिबारको शिविरमा हामीले परीक्षण त गर्‍यौं नै विद्यार्थी तथा शिक्षकहरुलाई मुख तथा दन्त स्वास्थ्यबारे प्रशिक्षण, मुख स्वस्थ कसरी राख्ने लगायतका जानकारी समेत दिइएको थियो,’ डा. श्रेष्ठले भने ।

सो अवसरमा रोटरी क्लव अफ काठमाडौँ नर्थले जिम्मा लिएका २० जना विद्यार्थीलाई एक वर्ष सम्मका लागि पुग्ने शैक्षिक सामग्री र स्कुल व्याग वितरण गरिएको थियो । साथै २६० जना विद्यार्थीलाई टुथपेष्ट र टुथ ब्रस बाँढिएको थियो ।

‘त्यहाँ न्युन तथा मध्यम आय भएका बालबालिका पनि अध्ययन गर्दा रहेछन्, कतिपयले बालबालिकाहरुले नियमित ब्रस पनि नगर्ने पनि पाइयो, ब्रस गर्नेहरुले पनि सहि ढंगले नगरेको पाईयो । मुख तथा दन्त सवस्थ्यको महत्व, गिजाको रोगबाट कसरी बच्ने बारे पनि सिकाईयो । शिक्षकहरुलाई मुख स्वास्थ्य अभिमुखीकरण तालीम दिईयो,’ शिविरमा पुगेका डा. श्रेष्ठले भने ।

 

सोही अवसरमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई वित्तिय साक्षरता बारेमा प्रशिक्षण समेत दिइएको थियो ।

कार्यक्रममा रोटरीक्लवका प्रेसिडेन्ट सुवास घिमिरे सहित ११ जना रोटरियनको उपस्थिति रहेको थियो ।

गत अक्टोबरबाट सुरु भएको गिभ अ स्माइल प्रोजेक्ट अन्तर्गत अहिलेसम्म काठमाडौँ उपत्यकाका ८० वटा बढी विद्यालयका ३० हजार बढी विद्यार्थीको निशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *