‘ट्रामाडोल’ र ‘टापेन्टाडोल’लाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने सरकारको निर्णय

काठमाडौँ, २८ बैशाख ।  सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।

दुखाई कम गर्ने औषधिको रुपमा चिनिएको यी दुई औषधिहरुका एकल वा समिश्रण औषधिहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोद्दीपक औषधिको सूचीमा समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले दुखाई कम गर्ने यी औषधिहरुको दुरुपयोग बढी हुने गरेको बताए ।

उनले औषधिहरुको दुरु पयोग भएमा अव सिधै प्रहरीले लागू औषध (नियन्त्रण) ऐन बमोजिम कार्वाही अघि बढाउन सक्ने बताए । यी औषधिहरुको समुचित प्रयोग हुनुपर्छ ।

डाक्टरको प्रेस्किप्सन विना विक्रि बितरण गर्न मिल्दैन । पहिले पनि त्यहि नै थियो ।

तर, ‘पहिले यसको दुरुपयोग हुँदा औषधि ऐन अनुसार कार्वाही गर्नु पर्दथ्यो अब चाहि लागू औषध (नियन्त्रण) ऐन २०३३ अनुसार हुने भयो,’ उनले भने ।

महानिर्देशक ढकालले सरकारको निर्णयले कार्वाही प्रक्रिया अझ प्रभावकारी हुन सक्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *