होली खेलेको पैसाबाट बिरामीलाई फलफूल

दार्चुला, २० फागुन । दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन् ।

होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष विक्रम बडालले जानकारी दिए ।

दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले युवामा पलाएको नयाँ सोचले अन्य युवालाई समेत प्रेरणा मिल्ने बताए । होली खेलेर रु ४५ हजार जम्मा गरेको दुहु गाउँपालिका होली कमिटीले सामाजिक कार्यका लागि चाहिने भाँडाकुँडा खरिद गर्नाका साथै बचेको रकमबाट बिरामीलाई फलफूल वितरण गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले आगामी दिनमा पनि यस किसिमका सामाजिक कार्य गर्न सुझाव दिए ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *