जिल्ला र क्षेत्रलाई समेटने गरी ‘प्रदेश स्वास्थ्य फिल्ड कार्यालय’को प्रस्ताव

काठमाडौँ, १४ फागुन । स्वास्थ्य मन्त्रालयले संघीय संरचनामा जाँदै गर्दा क्षेत्रीय स्वास्थ्य तथा जिल्ला स्वास्थ्य कार्यालय कार्यलयको सट्टा प्रदेश स्वास्थ्य फिल्ड कार्यालय स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ ।

प्रधानमन्त्री कार्यालयले संघीय संरचनामा स्वास्थ्यको स्वरुप कस्तो हुने भन्ने स्पष्ट खाँका दुई दिन भित्र पेश गर्न भनेपछि स्वास्थ्य मन्त्रालयमा बसेको बैठले प्रदेश स्वास्थ्य फिल्ड कार्यालको प्रस्ताव अघि सारेको हो ।

प्रधानमन्त्री कार्यालयले संघीय संरचनामा जिल्ला तथा क्षेत्रमा रहेका कार्यालयहरुको अस्तित्व के हुने भन्ने बारेमा छलफल गर्न सबै मन्त्रालयका अधिकारीहरुलाई बोलाएको थियो । सो क्रममा स्वास्थ्यको संरचनाबारे छलफल गर्न स्वास्थ्य  सचिव डा. पुष्पा चौधरी, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी सहितको टोली छलफल गर्न प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

‘खासमा संघीयतामा जिल्ला तथा क्षेत्रमा रहेका स्वास्थ्य संरचना के हुने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पहिले  प्रधानमन्त्री कार्यालयका सचिव ज्यूसंग छलफल भयो ।  उहाँले दुई दिन भित्र खाका पेश गर्न निर्देशन दिनु भएको छ । निर्देशन पछि हामीले आएर मन्त्रालयमा छलफल गरयौँ,’ स्वास्थ्य सेवा विभागका उप महानिर्देशक चुडामणी भण्डारीले भने, ‘सो क्रममा अव नयाँ संरचनामा जाँदै गर्दा क्षेत्र र जिल्लालाई समेटने गरी प्रदेश स्वास्थ्य फिल्ड कार्यालय राख्ने कुरा अघि बढेको छ ।’

उनले भौगोलिक तथा जनसंख्या आधार हेरेर केही जिल्ला मर्ज गर्ने प्रस्ताव अघि सारेको र त्यसो गर्दै गर्दा प्रदेश स्वास्थ्य फिल्ड कार्यालयको संख्या ३० देखि ३५ वटा सम्म पुग्न सक्ने बताए ।

अहिले सातवटै प्रदेशमा स्वास्थ्य हेर्न सामाजिक विकास मन्त्रालय छ भने सो मन्त्रालयमा स्वास्थ्य महाशाखा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *