आइओएम डीनमा प्राडा अग्रवालकै निरन्तरता, त्रिविले दियो पाँच साता पछि पत्र

प्राडा जगदीश अग्रवाल

काठमाडौँ, २९ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीन पदमा पाँच साता पछि पुन: प्राडा जगदीश अग्रवाल आएका छन् ।

त्रिवि कार्यकारीले गत २८ पुस देखि रिक्त डीन पदमा निरन्तरता दिने गरी अग्रवालको नाम सिफारिस गरेपछि उनी डीन हुन आएका हुन् । यसअघि डा गोविन्द केसीको पछिल्लो अनसन तोडाउँदा नै सरकारले डीनमा डाक्टर अग्रवाललाई नै ल्याइने भन्दै सम्झौँता गरेको थियो ।

सर्बोच्च अदालतको आदेश अनुसार गत २३ पुसमा प्राडा शशी शर्मा डीनको रुपमा हाजिर भएपछि प्राडा अग्रवाल डीनको जिम्मेबारीबाट मुक्त भएका थिए । सो निर्णय विरुद्ध डा केसीले चौधौँ औँ अनसन शुरु गरेपछि सरकारले पुन अग्रवाललाई नै डीन बनाउने सम्झौँता गरेको थियो । यद्धपी त्रिविले अग्रवाललाई निरन्तरताको पत्र दिएको थिएन ।

‘हामीले सरकारको निर्देशन र महान्यायधीवक्ताको सुझावको आधारमा पत्र दिएका हौँ,’ उपकुलपति खनियाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *