विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षा २६ फागुनमा

काठमाडौँ, ८ माघ ।  नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षा (स्पेशल एक्जामिनेसन) आगामी २६ फागुनमा हुने जनाएको छ ।

यस बर्षको तेस्रो तथा अन्तिम परीक्षामा सहभागी हुन परीक्षार्थीहरुले भोली ९ माघ मंगलबार देखि ९ फागुनसम्म फारम भर्नुपर्ने बताएको छ । बिलम्व शुल्क तिरेर भने १० र ११ फागुन सम्म फारम भर्नसकिने काउन्सिलले सोमबार जारी सूचनामा जनाएको छ ।

परीक्षाको आवेदन फारम अनलाइनबाट मात्रै भर्न सकिने स्पष्ट पारेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *