डा. केसीको पक्षमा जिल्लाका चिकित्सकको प्रदर्शन

काठमाडौँ, २६ साउन । अनसन बसेको लामो समयसम्म पनि सरकारले डा. गोविन्द केसीको मागमा चासो नदिएको भन्दै विभिन्न जिल्लाका चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले हिजो देखि हातमा कालोपट्टी बाधेर सरकारी रवैयाको विरोध जनाएका छन् ।

उनीहरुले तत्काल माग पुरा गरि डा केसीको जीवन रक्षा गर्ने बाताबरण मिलाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
राप्ती उपक्षेत्रीय अस्पताल दाङ, तेह्रथुम अस्पताल, जाजरकोट अस्पताल, त्रिशुली अस्पताल लगायतका अन्य विभिन्न जिल्ला तथा क्षेत्रका चिकित्सकहरुले केसीको अनसनप्रति समर्थन जनाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

यता डा केसीको अनसन १६ औँ दिन पुगिसक्दा समेत माग पुरा हुने संकेत देखिएको छैन् । उनले उठाएका कतिपय मागका विषयमा तत्काल निर्णय हुन गाह्रो रहेको भन्दै कतिपय सरकारी अधिकारीहरुले डा केसीले अनसन स्थगित गरि केही समय पर्खन भन्दै आएका छन् ।

तर डा केसीले भने पटक पटक पर्खेको भन्दै यसपटक माग पुरा भएपछि मात्रै अनसन स्थगित गर्ने बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *