झापामा १०४ वर्षीय वृद्धद्वारा मतदान

दमक, १४ असार । झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा १०४ वर्षीय वृद्धले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट स्थानीयवासी १०४ वर्षीय वद्ध रणबहादुर कार्कीले मतदान गरेका हुन् । उनी कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुन्।

त्यसैगरी, सोही वडाकी ५२ वर्षीया पूर्ण अशक्त दुर्गा गुरागार्इंले पनि ह्विलचियरबाट नै मतदान गरेका छन् । उनले सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र मानिने त्यस वडामा पाँच हजार २८ मतदाता छन् । जारी मतदानमा अहिले बिहान १० बजेसम्म त्यस मतदान केन्द्रबाट एक हजार मतदाताले मत खसालेको त्यहाँका मतदान अधिकृतले जनाएका छन् ।

छयान्नब्बे वर्षीय वृद्धद्वारा मतदान

यसैबीच, पाल्पा जिल्लाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय वृद्धद्वारा मतदान प्रक्रिया सुरु भयो । रामपुर नगरपालिका–६ निवासी सुब्बा लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।

यस क्षेत्रका समाज विकासका अभियन्तासमेत रहेका रेग्मीले यस निर्वाचनपछि गाउँका सानादेखि ठूला ठूला विकास निर्माणका योजनाले गति लिने आशा गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *